Akshar Dham

Shop

About us

Akshardham

हाम्रो अक्षरधाम !

रमाइलो अक्षरधाम ! 

अक्षर अङ्क खेल्ने ग्राम !

सिर्जन कर्म आफै महान् !!

बालसाथीहरूकाे प्रिय पाठ्यसामग्री उत्पादक संस्था अक्षरधाम प्रकाशनगृह नेपाली भाषा साहित्यकाे सेवामा समर्पित छ । यसले बालचरित्रलाई पठनसंस्कृतितिर लगाई सिर्जनात्मक कर्ममा प्रेरित गर्नु मुख्य लक्ष्य लिएको छ । यसबाट प्रकाशित पुस्तकहरू यस्तै मर्म र भावना अनुरुप तयार गरी प्रकाशन गरिएका हुन्।

अक्षरधाम नेपाल , बालपाठ्य सामग्री उत्पादन तथा वितरण गर्दै आएको प्रकाशन गृह हो । यसले रमाइला बाल पाठ्यसामग्री उत्पादन गरी मुलुकभरिका बाल पाठकहरू समक्ष पुर्‍याउने गर्छ । यसले बाल उमेरका विभिन्न तह तथा पारिवारिक पृष्ठभूमिका बालकहरूको मनोविज्ञान बुझेर उनीहरूका लागि अनुकूल हुने पाठ्यसामग्री तयार गर्छ । यसले प्रकाशन गरेका धेरै पुस्तकहरू रङ्गीन चित्रहरूका साथ प्रकाशित छन् । केही चित्र श्वामश्वेत पनि छन् ।सबै पुस्तक बालकको अतिरिक्त ज्ञान सिप विकासमा मदत गर्ने उद्देश्य तयार गरिएका छन् ।बालकहरूको रुचि , परिवार , विद्यालय , शैक्षिक वातावरण समेतको ख्याल गरी बालकहरूमा समय सापेक्ष ज्ञानभण्डार तयार गरी पुस्तक पठन संस्कृति निर्माण हेतु बालकहरू बिच परीक्षण समेत गरी आवश्यक सम्पादन सहित प्रकाशन गर्ने गरिएको छ । यी सबै पुस्तक बालकहरूमा सामाजिक चेतना, सांस्कृतिक ज्ञान , वैज्ञानिक विचार सम्प्रेषण गर्न सक्षम रहेको अवगत गराउँछौँ । हामीले बालकहरूलाई कर लाउने होइन् स्वतःस्फूर्त पुस्तकप्रेमी बनाउन चाहन्छौँ । तपाईं अभिभावकहरूले जन्मदिनमा उपहार तथा सफलतामा पुरस्कार दिँदा पुस्तकलाई प्राथमिकतामा राख्नुहुनेछ भन्ने अपेक्षा गर्छौँ । यसबाट बालकलाई पुस्तकप्रेमी बनाउने तपाईं हाम्रो साझा उद्देश्य पुग्न सजिलो हुनेछ ।’अस्तु’

                                                             अक्षरधाम ।

अक्षरधाम बाल साथीहरूको प्रिय प्रकाशनगृह हो । यहाँ बालमनोविज्ञान बुझेर रचिएका रचना र रचनाको भित्री अर्थ अनुसारको चित्रमय प्रस्तुति रहेको छ ।कतिपय कथा, जीवनी र निबन्ध अङ्ग्रेजी भाषामा पनि छन्। केही पुस्तक श्यामश्वेत चित्रसहित छन् भने धेरै जसो रङ्गिन चित्रका छन्। केही सामग्री अभिभावकले सन्तानलाई प्रेरित गर्न सघाउने रमाइलो शैलीका र प्रेरणा दिने छन्‌ भने कतिपथ सामग्री शिक्षक साथीहरूलाई शिक्षण कार्यमा सघाउने फरक शिल्पशैलीमा प्रस्तुत छन्। अनुकूल मिल्दा पुस्तकहरु अवलोकनका लागि प्रकाशनगृहको प्रदर्शनीकक्षमा आउन पनि सकिन्छ । नवीन शिल्पशैलीका समयसापेक्ष चेतनामूलक रमाइला पाठ्य सामग्री अवश्य उपयोग गरी लाभान्वित हुन सक्नुहुन्छ । सन्तान‌लाई पुस्तकप्रेमी बनाउने तपाईंको चाहना र सन्तानको आवश्यकता पूरा गर्न अक्षरधामको अक्षरखेती सहयोगी बन्न सक्छ ।

REGISTER

Your personal data will be used to support your experience throughout this website, to manage access to your account, and for other purposes described in our privacy policy.